१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलद्वारा चिनियाँ राजदूतसँग भेट

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघ–सार्क उवासंघको प्रतिनिधिमण्डलले शुक्रबार नेपालका लागि चीनका राजदूत यू होङसँग भेट गरेको छ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता ढकालले आगामी असोज १ गते चीनको छेङदुमा, छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेशनले आयोजना गर्ने दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद र असोज २ गते अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनिया“ परिषद सिचुवान काउन्सिलले सिचुवानमा आयोजना गर्न लागेको नवौ चीन–दक्षिण एशिया व्यवसायिक प्रवर्द्धन सम्बन्धी राउण्ड टेवल कार्यक्रममा नेपालको तर्फबाट हुन लागेको सहभागिताका विषयमा राजदूत समक्ष जानकारी गराए।

ती दुवै कार्यक्रम नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको र नेपालबाट उर्जा, पूर्वाधार निर्माण, कृषि, सूचना प्रविधि,औषधि, बैंक, विमा तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, होटल लगायत महत्वपूर्ण क्षेत्रको प्रतिनिधित्व हुने भएकाले कार्यक्रमका क्रममा यी क्षेत्रमा नेपालमा संयुक्त लगानी आउन सक्ने र म्याच मेकिङको पनि राम्रो सम्भावना रहेको उनले जानकारी गराए। 

उक्त कार्यक्रममा भाग लिन ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल सहितको १६ सदस्यीय महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल आगामी आइतवार छेङदु प्रस्थान गर्दैछ। 
सो अवसरमा चिनिया“ राजदूत होङले नेपाली निजी क्षेत्रको भ्रमणको पूर्ण सफलताको कामना सहित आफ्ना तर्फबाट नेपाल चीन बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सक्दो सहयोग गर्ने विश्वास दिलाइन। 

प्रकाशित: २९ भाद्र २०७५ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App