१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरेका छन्। 

भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उनका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिए। 

भ्रमण दलमा १५ जनाको सहभागिता छ। उनी आगामी असोज ४ गते स्वदेश फर्किनेछन्। रासस

प्रकाशित: २९ भाद्र २०७५ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App