एन्फाद्वारा एपी वान टेलिभिजनसँगकाे सम्झौता रद्द

शुक्रबार, २९ भदौ २०७५, १४ : ३९ नागरिक

94


काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ।नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजन सम्बन्धी सम्झौता तोडेको हो। “टेलिभिजनसँगको छलफलमै प्रायोजन सम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौँ” एन्फा प्रवक्ता किरण राईले भने।

गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि रु पाँच करोडको प्रायोजन सम्झौता भएको थियो जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो। सहमति अनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवर्धन र प्रायोजनको अधिकार पाएको थियो, सो बापत उक्त टिभीले एन्फालाई वार्षिक रु एक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो।

यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजकको रुपमा रामशर मिडिया प्रालिले एन्फालाई पहिलो वर्ष एक, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोड रुपैयाँ दिने प्रवक्ता राईले जानकारी दिए। सम्झौता अनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवर्धन र प्रायोजनको अधिकार पाएको छ। रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आजबाट iOS १२ रिलिज हुँदै

आजबाट iOS १२ रिलिज हुँदै

iOS १२ सेप्टेम्बर १७ मा रिलिज हुने कुरा एप्पलले आफ्नो किनोटमा घोषणा गरेको थियो | ...

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

ल्यापटप खरिद गर्न कुनै पसल जानुभयो भने तपाईंलाई सबैभन्दा पहिलो प्रश्न ‘कुन प्रोसेसर भएको ?’ भनेर नै सोधिने छ ।

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पलले यस वर्ष तीन वटा नयाँ आइफोनका मोडलहरु रिलिज गर्ने भएको छ - आइफोन XS आइफोन XS MAX र आइफोन...

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् ...

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ। ...

फ्रिज किन्दा ख्याल गर्नुपर्ने कुराहरु

फ्रिज किन्दा ख्याल गर्नुपर्ने कुराहरु

बजारमा दशौं ब्राण्डले उत्पादन गर्ने सयौं मोडलका फ्रिजहरु उपलब्ध हुने भएकाले फ्रिज सम्बन्धि न्यून ज्ञान भएकालाई फ्रिज खरिद गर्न गाह्रो...

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

ढिलै भएपनि नेपालमा पहिलो पटक जीपका गाडीहरु आधिकारिक रुपमा आउने भएको छ । नेपालका लागि रिलिज हुने सबैभन्दा पहिलो जीपको...

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

टिभी वा मनिटर खरिद आज भोलि धेरै सुनिने कुरा हो – 4K । टिभी र मनिटरमा 4K को ट्याग यसको...