१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एकै खेलमा दुई दर्जन गोल

काठमाडौं- आइडियल उच्च माविले शनिबार कोकाकोला अन्तरविद्यालय राष्ट्रिय फुटबलअन्तर्गत छात्रामा नेपाल पुलिस उमावि काभ्रेलाई २४–० को फराकिलो अन्तरले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको दोस्रो खेलमा आइडियलका मनीषा थापामगरले ७, प्रीति राईले ६, सुभद्रा खड्काले ४, मुना तामाङले ३ गोल गरे भने पेमा चोदेन, मिङ्मा लामा, बबि गुरुङ र लक्ष्मी लामाले १–१ गोल गरे।

पहिलो खेलमा नेपाल राष्ट्रिय उच्च माविले सैनिक आवासीय भक्तपुरलाई ३–१ ले पराजित गर्‍यो।नेपाल राष्ट्रियका लागि बिनु थापामगरले तेस्रो मिनेटमा अग्रता दिलाइन्। २२औं मिनेटमा सौनिककी सबिता भण्डारीले बराबरी गोल फर्काइन्। नेपाल राष्ट्रियकी शर्मिला गुरुङले ३५ औं मिनेटमा पुनः अग्रता दिइन् भने दीपा श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपिन्।

छात्रमा हल्चोक उच्च माविले स्कलर्स होम रुपन्देहीलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको छ। निर्धारित सयममा २–२ को बराबरी खेलेपछि पेनाल्टीबाट नतिजा निस्केको हो।स्कलर्सका अनुप गुरुङ र प्रिन्स गुरुङले १–१ गोल गरे भने हल्चोकबाट दुवै गोल सोम पुटुवारले गरे।

प्रकाशित: २ आश्विन २०७३ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App