१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

फाइल तस्विर

काठमाडौं - बंगलादेशमा जारी साफ च्याम्पियनसिपकाे उपाधी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली फुटबल टाेली विहीवार रित्ताे हात स्वदेश फर्किएकाे छ। सेमिफाइनलमा माल्दिभ्ससँग ३-० गाेलले पराजित भएपछि नेपाल रित्ताे हात स्वदेश फर्कनुपरेकाे हाे। समुह चरणमा अन्तर्गतकाे पहिलाे खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएकाे नेपाली टाेलीले त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गर्दै भुटानलार्इ ४-० र अायाेजक बंगलादेशलार्इ २-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे थियाे। पहिलाे पटक फाइनल प्रवेश गर्दै इतिहास काेर्ने लक्ष्यमा रहेकाे नेपालकाे सपना माल्दिभ्सले चकनाचुर पारेकाे थियाे।

 नेपाली टाेली विहीवार करीब साढे ११ बजे बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाे थियाे। नेपाली टाेलीकाे स्वागतका लागि अखिल नेपाल फुटबलका पदाधिकारी र खेल प्रशंसकहरु विमानस्थल पुगेका थिए। प्रतियाेगिताकाे उपाधीका लागि शनिवार माल्दिभ्स र भारतबीच प्रतिष्पर्धा हुनेछ। बुधवारनै भएकाे दाेस्राे सेमिफाइनलमा भारतले पाकिस्तानलार्इ ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे थियाे।

 

प्रकाशित: २८ भाद्र २०७५ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App