अस्पतालमा बिरामीको चाप

बिहिबार, २८ भदौ २०७५, १६ : ०८ बिरा गडाल

बैतडी – वर्षासँगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढन थालेको छ। दैनिक रुपमा एक सयदेखी डेढ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ। भाइरल ज्वरो, पखाला, रुघाखोकी, टाइफाइड, हेपाटाटिस, निमोनिया लगायतका बिरामी बढन थालेको जिल्ला अस्पतालका प्रमुख डा.जगदिशचन्द बिष्टले बताए। 

मौसम परिवर्तन, दुषित पानीका कारण पखाला र भाइरल ज्वरोका बिरामी बढन थालेका हुन्। बिरामीको चाप दैनिक बढे पनि महामारीको रुप नलिएको जिल्ला अस्पतालले जनाएको छ। डा.बिष्टले भने ‘समान्य किसिमका बिरामीको चाप बढी छ, २÷४ दिनको उपचारपछि बिरामी निको हुने गरेका छन्।’

जिल्लाका सबै स्वास्थ्य संस्थामा भाइरल ज्वरो र अन्य बिरामीको चाप बढन थालेको हो। फोहर पानीका कारण अधिकांशमा पखाला र भाइरलको प्रकोप देखिएको हो। बर्खामा अन्यत्र भएको फोहरमैला पानीका मुहानमा मिसिने गरेको छ जसको कारण बिरामीको संख्या बढने गरेको अस्पताल स्रोतले जनाएको छ।

बर्खायामसँगै भाइरलको समस्या देखिने गरेको छ। हरेक वर्ष यो सिजनमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढने गरेको छ। भाइरलले संक्रमण गरेपछि सुरुमा हल्का ज्वरो आउने पछि बिस्तारै च्याप्दै जाने र रुघाखोकी पनि सँगसँगै देखिने जस्ता लक्षण देखा परेको स्वास्थ्यकर्मी बताउँछन्।

सामान्य रुघाखोकीलेले निमोनिया हुने, निमोनिया बिग्रेर छातीमा संक्रमण हुनेदखि दम जस्ता दिर्घरोगसम्मकै अवस्था पुग्न सक्ने खतरा भएकाले बेलैमा स्वास्थ्य संस्थामा उपचार गराउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।

बर्खायाममा फोहरमैला खुला ठाँउको दिसापिसाव बगेर पानी मुहानसम्म पुग्ने र त्यस्तो पानी पिउदा बिरामी हुने क्रम बढेको हो। यो समयमा पानीलाई उमालेर वा पिउस प्रयोग मात्रै पिउन स्वास्थ्यकर्मीले सुझाएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad