१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमुना : दाहाल

काठमाडौं- नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न आइपुगेको अफगानी टोलीले बिहीबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।

अध्यक्ष दाहालसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल गरेको थियो। दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउँदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको प्रष्ट्याए। उनले नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धी पाएको बताए।

उनले भने, ‘नेपाली जनताको राजनैतिक स्वतन्त्रताको आन्दोलन भएकाले यसमा धेरै ठूलो जनताको सहभागीता भएको थियो। हामीले जनताको अधिकारको निम्ति भएको युद्धलाई नेतृत्व गर्यौं र धेरै हदसम्म उनीहरुका अधिकार स्थापित गराउन सफल भयौं।’

भेटमा अफगान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफगानस्तानमा शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताइन्। उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको बताइन्।

भेटमा भ्रमण दलका सदस्यहरुले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारबाही बारे पनि जिज्ञासा राखेका थिए।

 

प्रकाशित: २८ भाद्र २०७५ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App