मोही माग्ने ढुंग्रो लुकाउने!

कर्णाली र स्वयंसेवा

बिहिबार, २८ भदौ २०७५, १० : २३ कृष्णमुरारी भण्डारी

कर्णाली प्रदेश सरकारले नेपालमा हराइसकेको स्वयंसेवालाई ब्यूँताउने अभियानको सुरुवात गरेको छ। लोकतान्त्रिक व्यवस्था जनताको साथ–समर्थन र सहभागिताले मात्र लोकप्रिय हुने हुनाले स्वयंसेवाको विशेष महत्व छ।

स्वयंसेवा समाजसेवा हो । लोकतन्त्रको मेरुदण्ड हो । त्यसैले लोकतन्त्रका प्रमुख तीन खुुट्टामध्ये राज्य, बजारपछि स्वयंसेवालाई मानिन्छ । लोकतन्त्रको वास्तविक अभ्यास नै स्वयंसेवामार्फत प्रदर्शित हुन्छ। विश्वव्यापी रूपमा जुन समाजमा स्वयंसेवा सशक्त छ, त्यहाँ लोकतन्त्र फस्टाइरहेको विश्वास गरिन्छ।

अमेरिका लगायत युरोपेली मुलुकहरूमा ‘भोलिन्टियर सिस्टम’ले सशक्त रूपमा काम गरिरहेको हुन्छ। त्यसैले उनीहरूकहाँ नागरिक समाज हरदम सशक्त रहिरहन्छ । तर, हाम्रो देशमा भोलिन्टरिज्म गैरसरकारी संस्था (एनजिओ)जस्तो भयो । एनजिओहरू पैसा आयो भने काम गर्छन्, नत्र माखो मार्दैनन्। अर्काको पैसा खाएर गरिएको काम स्वयंसेवा होइन, त्यो दीगो हुन सक्दैन । त्यसैले खाल्डाखुल्डी पुर्नुमै समाजसेवा सीमित हुन पुगेको छ । यसले त जीवन पद्धति नै बदल्न सक्छ।

कर्णाली प्रदेशको नयाँ सुरुवातले लोकतन्त्रको व्यापारीकरण र परनिर्भरतामाथि जबर्जस्त खबरदारी गरेको छ।

कर्णाली प्रदेशमा सुरु भएको ‘भोलिन्टरिज्म’ कस्तो हो ? कतैबाट पैसा आएर सुरु भएको अभियान हो कि त्यहीँका नागरिकमा आएको स्वतःस्फूर्त जागरण हो? चुनौती र सम्भावनाहरूलाई पहिल्याएर सामूहिक रूपमा अगाडि बढ्ने उद्देश्यले सुरु भएको हो भने यसले नागरिक सचेतता खोज्छ । सबै नागरिकमा आफ्नो भन्ने स्वामित्व भाव जागृत गराउँछ।

विकसित मुलुकहरूमा ‘भोलिन्टरिज्म’ भयानक शक्तिशाली हुन्छ । स्वयंसेवीका रूपमा उनीहरू पढ्ने अवसर नपाएकाहरूलाई छात्रवृत्ति दिन्छन् । स्वरोजगार निम्ति सहयोग गर्छन् । अचम्मको कुरा के भने प्रायः नेपालीहरू जुन छात्रवृत्ति पाएर युरोप–अमेरिका पढ्न जान्छन् त्यो स्वयंसेवी समूहहरूले दिएको स्कलरसिप हुन्छ।

स्वयंसेवीहरूले सामुदायिक कलेज, विश्वविद्यालयहरू सञ्चालन गरिरहेका हुन्छन् । स्वास्थ्यसेवा दिन्छन् । वृक्षरोपण गर्छन् । पहिले युरोपमा धर्म अफिम जस्तो थियो तर जब राज्य बलियो भयो त्यसपछि धार्मिक संस्थाहरू सामाजिक कार्यहरू गर्न थालेका छन् । स्वयं भारतका मन्दिर र धार्मिक संस्थाहरू सामाजिक कामहरूलाई प्रोत्साहन गर्छन् । हाम्रा मठ–मन्दिरहरू नि?

विकसित देशका स्वयंसेवीहरू नागरिक समाज, समुदाय वा सामाजिक संस्थाका रूपमा संगठित हुन्छन् र कमजोरलाई मद्दत गर्न एकबद्ध भएर हरदम लागिरहन्छन् । तर हाम्रा स्वयंसेवी संस्थाहरू आफूलाई स्वयंसेवी संस्था त भन्छन् तर प्रायः विदेशी डलर पाएपछि मात्र सञ्चालन हुने गर्छन् । गजबको कुरा त के भने हाम्रो राजनीति नै पैसाले मात्र सञ्चालन हुन थालेको छ । त्यसैले नेताहरू व्यापारमा पसेका छन् भने व्यापारीहरू राजनीतिक नेता भएका छन्।

गरिब पनि धनीको साथ पाएपछि मात्र समृद्ध बन्ने हो, किनभने धनीसँग पुँजी हुन्छ । गरिबसँग श्रम हुन्छ । दुवै पक्ष मिलेपछि मात्र समृद्धि हुने हो ।

राजनीतिज्ञ, व्यापारीको हालत यस्तो भएपछि निजामती प्रशासन दुवैसँग मिलिभगतमा छ किनभने यसैमा उनीहरूलाई शुभलाभ छ । कर तिर्न पनि जनताले कर्मचारीलाई घुस खुवाउनु पर्छ।

आमजनतालाई नेता, व्यापारी र कर्मचारी मिलेर किनारामा पु-याएका छन् । त्यसैले जनताले पनि हरेक पल्ट सत्तामा हुनेहरूलाई चुनावमा हराएर बदला लिएका छन्।

यस्तो अवस्थामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्री, सभासद्, निजामती, प्रहरी र जंगी प्रशासक, शिक्षक, स्वास्थ्यकर्मी, मजदूर, किसान, महिला, व्यापारी र उद्योगपतिलगायत सर्वसाधारण जनता नै स्वयंसेवी बनेर महिनाको पहिलो र पन्ध्र गते समाजसेवामा ओर्लने अभ्यास सुरु गरेका छन् । यो समाचारले सबैतिर उत्सुकता जगाएको छ। अन्य प्रदेशका निम्ति उदाहरणीय अभियान बनिरहेको मात्र छैन, सबैले तीखो नजरले हेरि पनि रहेछन्।

संसारका ठूला, विकसित र सभ्य भनिने मुलुकमा स्वयंसेवामा ‘राजादेखि रंकसम्म’ उत्रनुलाई स्वाभाविक मानिन्छ । तर हाम्रा लागि यो बडो आश्चर्य जनक सुरुवात हुनपुगेको छ। नेपाली सभ्यताको केन्द्रविन्दु भनिने कर्णाली प्रदेशको यो थालनी आधुनिक नेपालका लागि ‘सेल्पहेल्प’को नयाँ प्रारम्भ मान्न सकिन्छ । यद्यपि, समाजमा भारोपर्मदेखि एकअर्कालाई सहयोग गरेर जीवनयापन गर्नु हाम्रो सामाजिक परम्परा नै रहेको कुरा  बिर्सन सकिँदैन।

हाम्रा पुर्खा खेतीपाती, कुलो, घट्ट, विवाह–व्रतबन्ध, मठमन्दिर, पाटीपौवा निर्माण, फोहोरमैला सरसफाइ लगायतका काम गर्थे । मुठी दान गरेर स्कुल, पुस्तकालय, गौशाला, असहायलाई सहयोग गर्थे । भनौँ न, ५० लाख जनसंख्या भएको काठमाडौँ सहरमा मुठी संकलन गर्ने हो भने कति टन चामल संकलन हुन्थ्यो होला ? फलफूलविद् डा. सूर्य पाण्डेले जसरी किबी, मेकाडेमियानट, चुच्चे ओखर, ड्रागन फ्रुट फलाउने हो भने विदेशी बासी फल महँगोमा किनेर विदेशी मुद्रा सक्नुपथ्र्यो होला र ? बाँझो जमिन राख्नु पर्दैनथ्यो तर पाण्डेजस्ता सपूतहरूलाई पुरस्कृत गर्नुभन्दा जेलमा कोच्नुपर्नेहरूले तक्मा पाउनु दुखद् कुरा मात्र होइन।

तर आधुनिकताको नाउँमा सबै कुरामा सिंहदरबारको एकाधिकार भयो । आगलागी, बाढी पहिरो होस् वा गौँडो सरसफाइका लागि पनि सरकारको मुख ताक्ने अवस्था सिर्जना गरियो । आगलागी भयो भने समेत मोबाइलबाट हेलिकोप्टर र सेना प्रहरी बोलाइन्छ, आगो निभाउन कोही लाग्दैन।

कर्णाली प्रदेशको नयाँ सुरुवातले लोकतन्त्रको व्यापारीकरण र परनिर्भरतामाथि जबर्जस्त खबरदारी गरेको छ।

लोकतन्त्र व्यापार बन्यो भने त्यसबाट गरिब जनताले कुनै फाइदा पाउँदैनन् । जुन समाजमा नियमित चुनाव, एकअर्कालाई परस्परको मद्दत र सहयोग हुन्छ त्यहाँका नागरिक सक्रिय हुन्छन् । नागरिक सक्रिय भएको समाजमा मात्रै लोकतन्त्र बलियो हुन्छ । तर लोकतन्त्र घोषणा भए पनि जहाँ पैसा नभई काम हुँदैन, त्यहाँ लोकतन्त्र साह्रै कमजोर हुन्छ।

स्वयंसेवा : कसलाई के?
स्वयंसेवामा समाजका हरेक तह र तप्का संलग्न हुन सक्छन् तर स्वयंसेवा भन्दै सेल्फी खिचेर गफ गर्नेहरूको विषय फेरि पनि बन्यो भने यो झन् बदनाम हुनेछ । स्वयंसेवा निरन्तर भइरह्यो भने समाजमा लागेको खिया पनि हराउँदै जानेछ।

हरेकले केही बेर समय निकालेर स्वयंसेवा गर्ने हो भने राज्यले गर्न नसकेका काम स्वयंसेवकले फत्ते गर्न सक्छन् । स्वयं सेवा उर्दीले होइन, स्वस्फूर्त रूपमा गर्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गर्न सक्छन् । नियमित गरिएको स्वयंसेवाको प्रतिफल सूर्यको प्रकाशजस्तै सबैतिर झललल पार्ने हुन्छ।

स्वयंसेवा भनेको सरररर कारमा सवारी हुनेहरू कारबाट ओर्लेर कपालमा कालो चश्मा, हातमा मोबाइल बोकेर कानमा तार झुन्ड्याउँदै अंग्रेजी तालमा कम्मर मर्काउँदै समाजसेवामा छु भनेर प्रचार गर्ने विषय हुनुहुँदैन।

त्यस्तै कार्यले गर्दा स्वयंसेवा बदनाम भएको हो । पञ्चायत कालमा रानी ऐश्वर्य र उनका आसेपासेको सुविधाभोगी चुरीफुरीले स्वयंसेवाको मान्यता पायो । प्रजातन्त्र आएपछि यो प्रायः दल, तिनका भ्रातृ संगठन,  एनजिओ/आइएनजिओ र धर्मप्रचार गर्नेहरूको डलर पचाउने धन्दा बन्यो।

अहिले पनि काम गरेर गुजारा गर्नुपर्नेहरूका लागि स्वयंसेवा ‘आकाशको फल आँखातरी मर’ मात्र हुनपुगेको छ । प्रत्येक गरिबले पनि समाजसेवामा सहभागी हुने र तिनलाई अपनत्व हुने गरी समाज कल्याण मन्त्रालयले पनि स्वयंसेवालाई परिभाषित गर्न सकेको छैन । विदेशी सहयोगमा सञ्चालित प्रोजेक्ट नै यसको कार्यक्षेत्र बनिरहेको छ, जुन गलत हो।

समाज सेवामा गरिब जनताको सहभागिता तबमात्र हुन्छ जब काम गरेपछि उसले फाइदा पाउँछ कि पाउँदैन ? भनौँ न, जनसहभागितामा सडक बन्यो तर बाटो तयार भएपछि गाडी हुनेले मोटर गुडाउन थाल्छ तर पैदल हिँड्ने गरिबले त्यसबाट के पाउँछ ? यतातर्फ स्वयंसेवामा सबै वर्गका जनताको सहभागिता गराउनुपर्नेले विशेष चासो राख्नुपर्छ।

लोकतन्त्र वितरणमुखी हुन्छ, केन्द्रीकृत होइन । लोकतन्त्र सबैलाई दिने व्यवस्था हो । अधिकार र स्वतन्त्रता लोकतन्त्रले सबैलाई दिन्छ । त्यसैले लोकतन्त्रमा ऐक्यबद्धता आवश्यक हुन्छ।

भनिन्छ, सम्पन्न बनेपछि कसलाई कसको के मतलब ? तर यो सरासर गलत सोच हो किनभने परस्पर सहयोग सद्भाव नभईकन समाजमा कसैको कसैप्रति विश्वास बढ्न सक्दैन । विश्वासको वातावरणमा मात्रै सहकार्य हुन्छ । गरिबको साथ पाएपछि मात्र कोही पनि धनी बन्ने हो, नत्र ऊ पनि गरिब नै रहन्छ ।
गरिब पनि धनीको साथ पाएपछि मात्र समृद्ध बन्ने हो किनभने धनीसँग पुँजी, सीप हुन्छ । गरिबसँग श्रम हुन्छ । दुवै पक्ष मिलेपछि मात्र समृद्धि हुने हो।

कर्मचारीलाई के?
निजामती तथा जंगी सबै कर्मचारीले सरकारबाट तलब पाउँछन् । कर्मचारी, प्रहरी, सेना, शिक्षक भनेका राज्यका प्रतिनिधि हुन् । राज्य कमजोर हुँदा यिनले स्वयंसेवा गरे भन्ने आमजनतालाई प्रभाव पर्छ, ए यिनीहरू पनि हाम्रो सेवा गर्दा रहेछन् भन्ने भएपछि सहयोग आदानप्रदान हुन्छ।

विद्यार्थीहरू समाजसेवाको काममा संलग्न भए भने नागरिक शिक्षा प्राप्त गर्छन् । सरकारको काम, समाजको भूमिका, समाजका परिचालकहरू चिन्न पाउँछन् । समाजमा सम्मान गर्नुपर्ने कुरा थाहा पाउँछन् । शिक्षाको उद्देश्य भनेकै विद्यार्थीलाई समाज परिवर्तनको वाहक बनाउनु हो जो समाजसेवा गर्दा ‘प्राक्टिकल’ हुन्छ । स्वयंसेवा प्रत्येक विद्यार्थीलाई किन पनि महत्वपूर्ण छ भने हाम्रो शिक्षा घोकन्ते विद्यामा सीमित छ तर स्वयंसेवाले सामाजिक दायित्वको प्रयोग गराउँछ।

समाजसेवामा महिला पुरुष एकसाथ लाग्दा महिलामाथि समान व्यवहार हुनथाल्छ । एकअर्कालाई बुझ्न थाल्छन् । ऐक्यबद्धता हुन्छ । नेतृत्व विकास हुन्छ । महिला–पुरुष समान ज्याला पाउने मात्र होइन, स्वयंसेवामा जुन काम गरिन्छ, त्यसमाथि बराबर स्वामित्व रहन थाल्छ।

स्वयंसेवा भयो भने जेष्ठ नागरिकहरूले सेवा पाउन सक्छन् । जेष्ठ नागरिकले कुन कुन सेवा पाउनुपर्ने रहेछ समाजमा सार्वजनिक रूपमा बहस हुन थाल्छ । जब जेष्ठ नागरिक सम्मानित हुन थाल्छन्, उनीहरू सबैलाई आशीर्वाद दिन थाल्छन्।








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad