१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अाज गणेश चौथी पर्व मनाइँदै

काठमाडौं – भाद्र शुक्ल चतुर्थीका दिन आज बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ। हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। मध्याह्नकालमा ऋद्धि,सिद्धिसहितका गणेशको पूजा गरी अघ्र्य चढाउने विधि छ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान ‘गणेश पुराण’मा उल्लेख गरिएको छ। मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौंको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ।

नेवार समुदायले आजको दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ। रासस

प्रकाशित: २८ भाद्र २०७५ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App