समृद्धिका लागि बिआरआई आवश्यक : प्रधानमन्त्री

बुधबार, २७ भदौ २०७५, १९ : ४४ नागरिक

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन्। 

त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’का विषयमा बुधबार अयाोजित कार्यक्रममा उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए। “दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” प्रधानमन्त्री ओलीले भने। 

चीनका राष्ट्रपति सि चिनफिङले अघि बढाएको यो परियोजना महत्वकांक्षी भए पनि यसले विश्वको दुईतिहाइ जनसंख्यालाई जोड्ने उनको भनाइ छ। “बिआरअाईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”, ओलीले भने, “यसले नेपालको अर्थतन्त्रलाई बढोत्तरी गर्नेछ।”

मुलुकको राजनीतिक रुपान्तरण ऐतिहासिक उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक आर्थिक रुपान्तरणको प्रारम्भ गर्न नेपाललाई उचित समय आएको बताए। मुलुकको सामाजिक आर्थिक रुपान्तरण नै अहिलेको मुल मुद्दा भएको उनको भनाइ थियो। 

‘समृद्ध नेपाल र सुखी नेपाली’ हासिल गर्ने दीर्घकालीन उद्देश्यबाट सरकारको लक्ष्य दृष्टिकोण निर्देशित रहेको बताउँदै उनले समृद्ध नेपालको लक्ष्य हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण गरी श्रम गर्न सक्ने जनशक्तिका लागि रोजगारीको समुचित अवसर प्रदान गर्न सरकार प्रयत्नशील छ भने। उनले भने, “नेपालमा जलविद्युत्को ठूलो सम्भावना छ, सरकारले मानव संशाधान, पूर्वाधार र पर्यटनको विकासलाई प्रवर्द्धन गर्छ।” 

छिमेकी चीन र भारतले हासिल गरेका अभूतपूर्व आर्थिक विकासबाट नेपालले थुप्रै अवसर प्राप्त भएको विश्वास गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल दुई ठूला अर्थतन्त्र भएको मुलुकका बीचमा अवस्थित रहेको छ, नेपाल अब विकासका रुपमा पछि रहन सक्दैन, हामी विकासको भ-याङ चढिसक्यौ, विकासको रफ्तार बढिसक्यो।” 

समृद्धिको मुल मार्ग सम्पर्क सञ्जाल रहेको उल्लेख गर्दै उनले सम्पर्क सञ्जालको पूर्वाधार विकासले मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने बताए। उनले भने, “सम्पर्क सञ्जालले व्यापार विस्तारमा व्यापक अवसर सिर्जना गर्छ, लगानी, पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्धमा मार्ग प्रशस्त गर्छ।” यस्ता सहकार्यले रोजगारीको अवसर सिर्जना गर्न, बहुआयामिक आर्थिक अवसर प्रदान र उत्पादकत्व बढाउन मद्दत गर्ने उनको भनाइ थियो। 

लगानीको विस्तार गर्दै सम्पर्क सञ्जालको अभिवृद्धिका लागि बिआरआई अवधारणा सहयोगी र महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य प्राप्तिमा समेत सहयोग गर्ने उल्लेख गरे। 

चीन र भारतजस्ता ठूला र आर्थिक शक्ति सम्पन्न देशको बीचमा रहेको नेपाल आफैमा गतिशिल पुल रहेको भन्दै प्रधानमन्त्रीले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिए। गत असारमा आफूले गरेको चीन भ्रमणका क्रममा समेत सम्पर्क सञ्जालको विस्तारलगायतका महत्वपूर्ण विषयमा चिनियाँ राष्ट्रपति सि र प्रधानमन्त्रीलगायतका शीर्ष नेतृत्वसँग छलफल गरेको भन्दै प्रधानमन्त्रीले केही वर्ष अगाडि सम्पन्न व्यापार तथा पारवहन सम्बन्धी द्विपक्षीय सम्झौता समेत कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad