१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालबाट भारतमा पेट्रोलियम पदार्थको अनाधिकृत विक्री

रुपन्देही– नेपालका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थको अवैधानिक रुपमा चोरी हुने गरेको तथ्य फेला परेको छ। रुपन्देहीका सीमा क्षेत्रका पेट्रोल पम्पबाट भारतीय गाडीमार्फत पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा विक्री भएको सूचनाका आधारमा प्रशासनले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

जिल्ला प्रशासन कार्यालयले बुधबार अनुगमन गर्दा पेट्रोल पम्पले अनाधिकृत रुपमा भारतीय गाडीलाई तेल विक्री गरेको भेटेपछि अनुगमन टोली रुपन्देहीले पेट्रोल पम्पमा शिलबन्दी गरेको छ। नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो भएकाले यहाँबाट भारतीय गाडीले तेलको व्यापार गर्ने गरेको प्रशासनको ठहर छ। 

पेट्रोलियम पदार्थ अपचलनका कारण नेपाली सवारी साधनलाई डिजल र पेटोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली छड्के अनुगमन गरेको हो। बजार अनुगमन समितिका संयोजक एंव साहयक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले तीन वटा पेट्रोल पम्पले नियमित रुपमा पेट्रोल र डिजेल भारतीय गाडीलाई दिइएकाले शिलबन्दी गरिएको बताए।  

ओमशतिया गाउँपालिका बसन्तुपर स्थित सुरज आयल डिष्ट्रिव्युटर्स, रोहिणी गाउँपालिका धकधई स्थित  जय माँ दुर्गे आयल स्टोर्स र न्यु एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरिएको प्रशासनले जनाएको छ। सीमा क्षेत्रका यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशनको अवज्ञा गर्दे भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस तथा अन्य सवारीलाई अवैधानिक रुपमा पेट्रोल तथा डिजल बिक्री गरेको उनले बताए। नेपाल आयल निगमको निर्देशिका विपरित पेट्रोलियम पदार्थ विक्री गरेर आर्थिक रुपमा समेत नोक्सान पु-याएको साहयक प्रजिअ पाण्डेले बताए। 

भारतबाट आएका मालवाक गाडीले फर्कने बेलामा १ सयदेखि २ सयदेखि लिटरसम्म पेट्रोलियम पदार्थ लगेको पाइएको उनले बताए। भारतीय गाडीलाई ५० लिटरसम्म इन्धन दिन मिल्ने सर्कुलर छ। अनुगमनका क्रममा शिलबन्दी गरिएका पेट्रोल पम्पहरुलाई कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बताएको छ। रुपन्देहीमा पटक पटक पेट्रोलियम पदार्थको चोरी हुने गरेको गुनासो छ। 

प्रकाशित: २७ भाद्र २०७५ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App