१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेलटार बसपार्क सञ्चालनमा

उदयपुर– बेलटार बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ । स्थानीय सेंढाई बन्धुहरुले निशूल्क दिएको ५ करोड मूल्य बराबरको १० कठ्ठा क्षेत्रफल जग्गामा नगरपालिकाले प्रारम्भिक पूर्वाधार निर्माण गरी बसपार्क सञ्चालनमा ल्याएको हो। 

चौदण्डीगढी नगरपालिका ६ का स्व. देवीप्रसाद सेंढाईको नामको जग्गा भाईहरु जनकलाल सेंढाई र काशीनाथ सेंढाईले निशूल्क दिएको जग्गामा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख खगेन्द्र राईले बताए। राईका अनुसार आर्थिक वर्ष ०७४/७५ मा नगरपालिकाको १६ लाख ५० हजार र स्थानीय जनश्रमदान ३ लाख ५० हजार गरी २० लाखको लागतमा बसपार्क सञ्चालनमा ल्याइएको हो। 

नगरपालिकाले सुरुवाती चरणमा बसपार्क सञ्चालन गर्न बेलटार पुस्पलाल चौकनजिकै दक्षिणीभेगको साविक बसस्टेण्डको प्राप्त जग्गामा प्रारम्भिक पूर्वाधारस्वरुप ३  वटा ट्रस प्रविधिको टहरा निर्माण गरिदिएको छ। यसअघि भाडामा कोठा लिएर काउण्टर सञ्चालन हुदै आएको बसपार्क नगरपालिकाले भवन निर्माण गरिदिएपछि यात्रु र यातायात व्इवसायी दुवैलाई सहज भएको यातायात व्यवसायी ज्ञानेन्द्र प्रधानले बताए। 

विगत २० वर्षदेखि बसपार्कविहीन बेलटार बजारमा नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु र यातायात व्यवसायीलाई सहज भएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु पौडेलले बताए। पौडेलका अनुसार बेलटार क्षेत्रमा लगभग दर्जन लामो तथा छोटा दूरीका ठूला र साना यात्रुबाहक बसहरु सञ्चालन हुँदै आएका छन्। 

बेलटारबाट रामपुर ठोक्शीला, सदरमुकाम गाईघाट, पहाडी भेगको सिद्धिपुर, नगरको आन्तरिक वडाहरु आउजाउ हुने मालबाहक तथा यात्रुबाहक बसहरुको चाप बढ्दै जाँदा बसपार्कको खाँचो अत्याधिक भएको स्थानीयको भनाई छ। 

प्रकाशित: २७ भाद्र २०७५ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App