१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने

काठमाडौं – नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज पहिलो साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना गरेको छ । संघले स्वदेशी तथा विदेशी ब्राण्डका सय भन्दाबढी कम्पनीको सहभागीमा एक्स्पो गर्न लागेको जनाएको छ। 

असोज ४देखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन सुरु हुने एक्स्पोमा ४० बढी स्टल रहने आयोजकले जनाएका छन् । एक्स्पोमा चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम ल्याएको छ । मेला अवलोकनकर्तालाई लक्की ड्र मार्फत आर्कषक उपहार वितरण आयोजकको योजना छ । प्रदर्शनी स्थलमै वास्तुशास्त्र र इण्टेरियर डिजाइन सम्बन्धी परामर्श प्रदान गरिने नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राजेश कुमार अग्रवालले बताए । फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ। 

एक्स्पोमा किचन, बेडरूम, बाथरूम ,आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनी गर्ने तयारी छ । कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजार पनि राखिनेछ।

प्रकाशित: २७ भाद्र २०७५ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App