१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रियंकाको ‘कोहीले भन्छन् मायालु’ सार्वजनिक

काठमाडौं– नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियंकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन्। श्रमिक बरालको शब्दमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्। लुम्बिनीमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन्।

नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन्। 

 

प्रकाशित: २६ भाद्र २०७५ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App