२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सलाम एयरको नेपाल उडान सुरु

काठमाडौं– ओमनको एयरलाईन्स कम्पनी सलाम एयरले मंगलबारदेखि ओमन–नेपाल उडान सुरु गरेको छ। सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित आज विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उक्त विमानले मंगलबारबाट मस्कट–काठमाडौँ उडान सुरू गरेको हो। 

सलाम एयरको नेपालका लागि जीएसए (जनरल सेल्स एजेन्ट) आईएमई ग्रुपले लिएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमान क्याप्टेन, को क्याप्टेनलाई स्वागत गरेका थिए। ओमनको सलाम एयरले काठमाडौँमा उडान थालेसँगै नेपालमा उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुको संख्या ३२ पुगेको छ।

सातामा ७ उडानको अनुमति पाए पनि आजदेखि यो एयरले सातामा ४ वटा उडान सुरु गरेको हो।नेपाली समयअनुसार  जहाज विहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ः४० मा ओमन फर्कनेछ । 
यो एयरलाइन्सले हाल युएइको दुबाइ, साउदी अरेवियाको जेद्दा, पाकिस्तानको शैलकोट र कराँची लगायत ७ गन्तव्यमा उडान गर्दै आएको छ ।काठमाडौँ–मस्कटको उडान हालसम्म  जेट एयरबेज (भारत) र ओमन एयरले सञ्चालन गर्दै अाएका थिए।

 

प्रकाशित: २६ भाद्र २०७५ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App