१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बढी भाडा लिए ठगी मुद्दा

काठमाडौं– प्रहरीले हुँदै नभएका सुविधा भन्दै बढी भाडा लिने बस संचालकलाई ठगी मुद्दा चलाउने भएको छ। यस्तै अनावश्यक रुपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेट भन्दा बढी भाडा लिए ठगी मुद्दामा कारवाही चलाउने तयारी प्रहरीले गरेको हो।

काठमाडौं प्रहरीले शनिबार नयाँ बसपार्क क्षेत्रमा संचालन गरेको अभियान अन्तर्गत डिलक्स र वाईफाई सुविधा भन्दै प्रचलित भाडा भन्दा चाससय बढि लिने बसलाई नियन्त्राणमा लिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले यात्रु ठगेको अरोपमा ना ५ ख ४२५७ नम्बरको बस नियन्त्राणमा लिएको बताए। उनले चाडपर्वको अवसरमा यात्रु ठगिएको गुनासो बढेपछि प्रहरीले अभियान थालेको बताए।

प्रहरीका अनुसार काठमाडौंबाट नेपालगञ्ज, गौरीगञ्ज र दाङ जाने बसले प्रचलित भन्दा बढी भाडा लिएको फेला परेको हो। प्रहरीले यात्रु ठग्ने चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ।

एसएसपी थापाले चाडबाडको अवधिभर काठमाडौं प्रहरी अन्तर्गत रहेका वृत्तबाट १० जनाका सादा पोशाकका प्रहरी अभियानमा खटिएको बताए। उनले यातायात बाहेक किनमेल र बजारमा समेत ठगी हुने घटना नियन्त्राणमा सिभिल टोली खटिने छ।

 

 

 

प्रकाशित: १ आश्विन २०७३ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App