एकीकरण टुंग्याउन नेकपा सचिवालय बैठक बुधबार बस्दै

मङ्गलबार, २६ भदौ २०७५, ०७ : १५ नागरिक

काठमाडौं - नेकपाले पार्टीका तल्ला कमिटीहरूको एकीकरण टुंग्याउन बुधवार पार्टी सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकतामा विवाद भएपछि भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन।

नेकपाको पूर्व घटक एमाले र माओवादी केन्द्रकाबीचमा पद बाँडफाँटमा विवाद भएपछि पार्टी एकीकरण भएको चार महिनासम्म पनि आन्तरिक एकता टुंगिन सकेको छैन । आन्तरिक एकता नटुंगिदा नेकपाको स्थायी समिति बैठकसमेत दुईपटक सरिसकेको छ।

यसबीचमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चारदिने भारत भ्रमण पूरा गरेर फर्किसकेका छन्। आइतबार भारतबाट फर्किएका दाहाल सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। दुई अध्यक्षबीच भएको भेटमा बुधबारका लागि पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो। भेटमा दाहालको भारत भ्रमणको पनि समीक्षा भएको दाहालको सचिवालयले जनाएको छ। दुई अध्यक्षले दाहालको भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad