१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगारको एकिकृत सूचना प्रणाली सञ्चालनमा

तस्बिरः रासस

काठमाडाै-सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ।

सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्या्दित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

यस प्रणालीले वैदेशिक रोजगारीका क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी र पहुँचयोग्य हुुनुका साथै गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पु¥याउने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। एकीकृत प्रणालीको प्रयोगले रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुने व्यक्तिका तथ्याङ्क अद्यावधिक गर्न सहयोग मिल्नेछ।

त्यस्तै अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वयलाई प्रभावकारी बनाउन पनि यसले सहयोग पु¥याउँछ । एकीकृत प्रणालीका कारण अनुगमन प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नुका साथै यसबाट प्राप्त अनुभव आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमा गर्नमा समेत सहयोग पुग्ने अपेक्षा गरिएकाे छ।

एकीकृत सूचना प्रणाली आगामी असोज १५ गतेदेखि लागू हुने छ । यस प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोग, वैदेशिक रोजागार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालीम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध गराइएको छ। वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवं सेवा मोबाइल एप्सबाट समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।रासस

 

प्रकाशित: २५ भाद्र २०७५ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App