१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्साका होटल र पर्यटन व्यवसायी संगठित

होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरु ।      तस्बिर : रितेश/नागरिक

वीरगन्ज – पर्साका होटल र पर्यटन व्यवसायी संगठित भएका छन् । वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीको भेलाले बुद्धिप्रसाद (हरि) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको हो । पर्यटन तथा होटल व्यवसायलाई व्यावसायिक र सशक्त बनाउन तथा सामूहिक हितको लागि भूमिका खेल्न संघ गठन गरेको व्यवसायीको भनाइ छ। 

पर्सामा तीनतारे होटल र साना लज गरी पाँच दर्जन हाराहारी छन् । व्यापारिक सहर वीरगन्जमा होटल व्यवसायमा लगानी थपिने क्रम बढिरहेको छ । यस्तो बेला सशक्त संस्थाको आवश्यकता महसुस गरी संठगित भएको सर्वसम्मतिबाट अध्यक्ष बनेका पन्तले बताए । यसअघि दर्ता भएको होटल तथा पर्यटन व्यवसायीको संघ पाँच वर्षभन्दा बढी समय नवीकरण नभएपछि खारेजीमा परेको थियो । संघ दर्ता प्रयोजनको लागि १५ सदस्यीय तदर्थ समिति गठन भएको छ। 

समितिमा रचेन्द्र सिंह थापा वरिष्ठ उपाध्यक्ष छन् भने उपाध्यक्षमा कुमार श्रेष्ठ चुनिएका छन् । त्यसैगरी, सचिवमा माधव बस्नेत, सहसचिवमा प्रकाश पाठक, कोषाध्यक्षमा पुष्पलाल श्रेष्ठ र सदस्यहरुमा प्रकाश श्रेष्ठ, कुनाल श्रेष्ठ, कुबेर कार्की, सन्दीप बस्नेत, सुनिल थापा, सुरेश सर्राफ, कमल थापा र नरेन्द्र मोक्तान छन् । वीरगन्जका पुराना होटल व्यवसायी पशुपति विक्रम शाह र दिपकमान श्रेष्ठ संरक्षक रहेको समितिमा सुरेन्द्र श्रेष्ठ, मोहन प्रधान, जगरनाथप्रसाद कलवार सल्लाहकार छन्। 

भेलाका वक्ताहरुले वीरगन्जलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न सुझाए । पर्सामा पर्यटन व्यवसायको सम्भावना रहे पनि होटल व्यवसायीको ध्यान पुग्न नसकेको उनीहरुले बताए । प्रदेश २ को एक्लो पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटन व्यवसायसँग जोड्न आवश्यक रहेकोमा वक्ताहरुले जोड दिए । कतिपय आपराधिक गतिविधिमा होटलको दुरुपयोग हुने देखिएकाले खुला सिमाना भएको कारण सतर्क रहन होटेल व्यवसायीलाई स्थानीय अगुवाले सुझाव दिए। 

प्रहरी उपरीक्षक रेवती ढकालले सुरक्षा संवेदनशीलतालाई होटल व्यवसायीले ध्यानमा राख्नुपर्ने बताए । वीरगन्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष गोपाल केडियाले यहाँका होटलहरु परम्परागत हिसाबमै चलेकोमा अब परिमार्जन आवश्यक रहेको बताए। 

प्रकाशित: २५ भाद्र २०७५ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App