१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

माघमा ‘सयकडा दश’

काठमाडौं – भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ आगामी माघ १८ गते रिलिज हुने भएको छ । रामशरण पाठकको निर्देशनमा बनेको फिल्म यतिबेला पोस्ट प्रोडक्सनमा छ।

ललितपुरको हात्तीवनमा शनिबार आयोजित स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गर्दै फिल्मको मिति घोषणा गरिएको हो।

फिल्ममा शीर्ष भूमिकामा कलाकार मनोज गजुरेल छन् । ‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ । मलाई फिल्मको कथाबस्तुले छोयो,’गजुरेलले भने,‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ । मलाई पहिले जति फिल्म अफर आए । ती सबै सूत्र शैलीमा थिए । सयकडा दश नितान्त भिन्न छ।’

अभिनेता राजाराम पौडेलले आफ्नो फिल्मी करियरकै उत्कृष्ट फिल्ममा काम गरेको बताए । ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ’ उनले भने।

निर्देशक पाठकले फिल्म भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा बोल्ने बताए । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय छ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा रज्जु प्रधान र उत्तम खत्रीको लगानी छ । फिल्ममा साजन थापा सहनिर्माता छन्।

प्रकाशित: २५ भाद्र २०७५ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App