१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेश विरुद्धकाे खेलमा दुई खेलाडी परिवर्तन

काठमाडौं - बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत शनिवार साँझ हुने बंगलादेश विरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ।

नेपालले भुटान विरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो। बंगलादेश विरुद्ध गोलकिपर किरण चेम्जोङले कप्तानीकाे जिम्मेवारी सम्हाल्नेछन्। नेपालले शनिवार अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए। सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।

मुख्य प्रशिक्षक महर्जनले आजको खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा मैदान उतार्ने बताएका छन्। नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास रहने छन्।

बंगलादेश विरुद्ध विगतको नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन। साफ च्याम्पियनसिपमा बंगलादेश विरुद्ध छ पटक प्रतिष्पर्धा गरिसकेको नेपालले चारमा पराजित र दुईमा जित हासिल गरेको छ। रासस 

प्रकाशित: २३ भाद्र २०७५ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App