१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

'चन्द्रागिरिमा साइकल सरर' (फाेटाे फिचर)

काठमाडौं - समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरिएको छ। चन्द्रागिरि पर्यटन विकास समाजको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा दुई सय पचास साइकले सहभागी भए।

बिहान नैकाप फूटबल ग्राउण्डबाट सुरु भएको साइकल र्‍याली नागढुँगा, थानकोट, केवलकार वेस क्याम्प, अरविन्द योग आश्रम, मातातिर्थ, बौंथली, मच्छेगाउँ, विष्णुदेवी, नयाँ नैकाप हुँदै नैकाप फूटबल ग्राउण्डमै पुगेर टुँगिएको थियो। साइकलेहरुले २१ किलोमिटर दुरी तय गरेका थिए।

साइक्लिङ कार्यक्रमको शुभारम्भ प्रदेश नं ३ की सभासद रमा आले मगर र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले संयुक्त रुपमा गरेका थिए। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App