१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रकाण्डसँग मानवअधिकार सञ्जालको भेटघाट

फाइल तस्बिर

दाङ – जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ।

भेटघाटको क्रममा टोलीले प्रकाण्ड सँग हिरासत बसाईको अवस्था बारेमा जानकारी लिएको थियो। सो क्रममा नेता खड्काले राज्यले गैरन्यायिक तरिकाले आफुमाथि मुद्धा चलाईरहेको बताएका थिए। हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिँदै उनले राज्यले आफुमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको दाबी गरेका थिए । 

भेटघाटपछि विज्ञप्ती जारी गर्दै सञ्जालले प्रकाण्डको श्रृंखलाबद्ध गिरफतारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। अदालतले पटकपटक रिहा गर्न आदेश दिँदा दिदै पनि विश्वकर्मालाई बारम्बार पक्राउ गर्दा राज्यले आफना नागरिकका लागि सुनिश्चित गर्नुपर्ने मानवअधिकारमाथि संका उत्पन्न भएको जनाइएको छ।

विज्ञप्तीमा मानव अधिकारको सम्मान गर्न पनि सरकारसँग माग गरिएको छ । यस्तै वार्ताबाट समस्याको समाधान खोज्न पनि सम्बन्धित सबै पक्षलाई सञ्जालले आग्रह गरेको छ।

प्रहरी हिरासतमा प्रकाण्डको मानवअधिकारका दृष्टिले सन्तोषजनक व्यवहार गरिएको निष्कर्ष आफुहरुको रहेको सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले बताए । भेटघाट टोलीमा संयोजक शर्मासँगै , सञ्जालका सदस्यहरु चन्द्रराजत पन्त, सुशिल गौतम, श्रीमन न्यौपाने, भुपेन्द्र वली र जे.एन सागरको सहभागिता थियो।

निर्वाचनका क्रममा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको अभियोगमा शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याईएको थियो। सर्बाेच्च अदालतले विश्वकर्मालाई रिहाई गर्न आदेश दिए पनि प्रहरीले पाँचौ पटक गिरफतार गरी दाङबाट मुद्धा चलाएको छ।

 

प्रकाशित: २३ भाद्र २०७५ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App