१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नाम्गेल यांग्मोलाई ‘माउन्ट एभरेष्ट म्याराथन सद्भाव’ पुरस्कार

काठमाडौं– विश्वप्रसिद्ध तेन्जिंग हिलारी एभरेष्ट म्याराथनले भारतको कारगिलमा आयोजित ‘कारगिल अन्तर्राष्ट्रिय म्याराथन २०१८’ को हाफ म्याराथनको महिला स्पर्धाको विजेता कारगिलकी नाम्गेल यांग्मोलाई माउन्ट एभरेष्ट म्याराथन सद्भाव पुरस्कार’ प्रदान गरेको छ।

तेन्जिंग हिलारी एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाँणेकाजीले यांग्मोलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी सगरमाथाको उचाई संख्या अर्थात भारु ८ हजार ८ सय ४८ रहेको छ। पुरस्कार बिजेता यांगबोले विश्वकै अग्लो हिमाल सगरमाथाको नाममा स्थापना गरिएको पुरस्कार पाउँदा आफू हर्षित भएको बताइन्। ‘यस्तो पुरस्कारले हामी धावकहरुलाई हौसला प्रदान गर्दछ’, उनले बताइन्।

पुरस्कार समारोहमा बोल्दै पाँणेकाजीले विश्वकै अग्लो सगरमाथाको प्रचार प्रसार गर्न आफुले ‘माउन्ट एभरेष्ट म्याराथन सद्भाव पुरस्कार’ प्रदान गर्ने थालेको बताए। ‘यो पुरस्कारले आगामी बर्षहरुमा पनि निरन्तरता पाउनेछ। हामीले यस्तो पुरस्कार सिक्किममा आयोजना गरिने कञ्चनजंघा म्याराथनमा पनि प्रदान गर्छौं। बिस्तारै हिमाली क्षेत्रमा आयोजना गरिने अन्य म्याराथनहरुमा पनि यो पुरस्कार दिने योजना छ’, उनले सुनाए। नेपाल र नेपालको पर्यटन प्रचार प्रसार गर्ने यो नौलो तरिका भएको पनि पाँणेकाजीले बताए। 
यहि सेप्टेम्बर २ मा भारतको जम्मु कश्मिर राज्यमा आयोजना गरिएको कारगिल अन्तर्राष्ट्रिय म्याराथनमा १,५०० भन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: २१ भाद्र २०७५ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App