१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिरहामा माछापुच्छ्रेको दुई शाखारहित बैंकिङ सेवा

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले सिरहामा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यससँगै बैंकको शाखारहित बैंकिङ सेवा मुलुकभर २७ पुगेको बंैकले जनाएको छ । उक्त सेवा केन्द्रबाट ग्राहकले खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुतmानी तथा कर्जा आवेदन गर्नसक्ने समेत व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने र चिपमा आधारित डेबिट कार्ड तुरुन्त उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७५ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App