१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकी अध्यागमन नीतिमाथी नेपालीबीच अन्र्तक्रिया

टेक्सास – आप्रवासी कानुनका ज्ञाता कानुन व्यवसायी डिल्ली भट्टले अमेरिकी सरकारको पछिल्लो समय परिवर्तन भइरहेको अध्यागमन नीतिका बारेमा नेपाली समुदायलाई जानकारी गराएका छन्। टेक्सासको अष्टिनमा आयोजित अन्र्तक्रियामा सहभागी भएका कानुन व्यवसायी भट्टले टिपिएसबाट लाभ लिएका नेपालीले आगामी जुन महिनासम्ममा कि नेपाल फर्किनु पर्ने वा स्टाटस परिवर्तन गर्नुपर्ने भएकोले अपनाउनु नीतिको बारेमा सचेत गराए।

अमेरिकी सरकारले टिपिएसको समय नथपेको कारण अगामी जुन महिनासम्ममा टिपिएस लिएका नेपालीले घर फर्किनु पर्नेछ। अन्र्तक्रियाका क्रममा भट्टले स्टाटस भएका नेपालीहरु विशेषत विद्यार्र्थीहरुले पनि अध्यागमनको विभिन्न झमेला व्यहोर्नु परेको सन्र्दभमा नेपाल जाँदा कानुन व्यवसायीसँग सल्लाह गरेर मात्रै जान पनि सुझाए। पछिल्लो समय यूएससिआईएसले खासगरी शरणार्थी आवेदन र अन्य आवेदनमा निकै कानुनी परिवर्तन गरिएकोले उनले अमेरिका बस्ने कानुनी हैसियत नभएकाहरुले परिवर्तित कानुनको जानकारी लिनुपर्नेमा जोड दिए।

अमेरिकाका कागजात विहिन आप्रवासीहरुको सख्या १२ लाख भन्दा बढी रहेको र वर्तमान प्रशासनले गैरकानुनी आप्रवासी घटाउने नीति अनुसार कडाई गरिरहेको छ। सरकारले कडाई गरेसँगै ठूलो संख्यामा नेपालीहरु पनि प्रभावित हुने भएका छन्।

एभरेष्ट फेडरल क्रेडिट यूनियनका अध्यक्षसमेत रहेका कानुन व्यवसायी भट्टले भर्खरै खुलेको नेपाली समुदायको साझा प्रयास स्वरुप भएको क्रेडिट युनियनमा सहभागी भएर लिन सकिने लाभ र सहभागीताका लागि आवश्यक पर्ने काननुी प्रक्रियाका बारेमा जानकारी गराउँदै यसबाट नेपाली समुदायले निकै लाभ लिन सकिने प्रष्ट पारे।

प्रकाशित: २१ भाद्र २०७५ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App