१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जनतालाई दोहोरो कर नलगाउनू : अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

सिन्धुली- नेकपाको पार्टी कार्यालयमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले करमा सबैको साझा अधिकार भए पनि स्थानीय तहले र प्रदेशले उठाउने करमा दोहोरोपना हुन नहुने स्पस्ट पारेका हुन्। 

‘स्थानीय तहको आर्थिक गतिविधिमा प्रदेशले धेरै जिल्ला चिन्नुपर्दैन,’ मन्त्री खतिवडाले भने, ‘ बस्तुहरुको आन्तरिक ओसारपसारमा कर लगाइराख्नु पर्ने आवश्यकता छैन।’ उनले हरेक व्यवसायमा कर लाग्ने तर उत्पादनमा नलाग्ने समेत प्रष्टयाए । ‘किसानले रोपेको धानमा कति फलायौै भनेर कर लगाइएको छैन,’ उनले भने, ‘तर धानको बिक्री वितरणमा कर लाग्छ।’ करको विषयमा बढी नकरात्मक हल्ला गरिएको उनको आरोप थियो।

सरकारले रेल वे सेवा स्थापनालाई पहिलो प्राथमिकतामा राख्दै उत्तर दक्षिण र पुर्व–पश्चिम रेलवे सेवा विस्तारमा सरकार लागि परेको दाबी खतिवडाको थियो। उनले पुर्व–पश्चिम सडकलाई ६ लेनको बनाउने कार्य तिब्र गतिमा अगाडी बढेको बताए।
‘सरकार ठूला आयोजनालाई प्राथमिकतामा राखेर काम गरिहेको छ,’ उनले भने, ‘हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग जस्ता राजमार्गको काम समेत तीब्र गतिमा सक्नुपर्ने अवस्था छ। 

उनले हेटौडा–सिन्धुली–चतरा(मदनभण्डारी) राजमार्ग निर्माणलाई पैसाको कुनै अभाव नहुने बताए। केही ठूला आयोजनामा भने समस्या आएको उनले स्वीकार गरे। ‘केहि समस्या पनि भएका छन्,’ अर्थमन्त्री खतिवडाले भने, ‘पश्चिम सेती आयोजनामा जसले लगानी गर्छु भनेको थियो अहिले लगानी नगर्ने भनेकाले समस्या भएको छ।’ यद्धपी बजेट वक्तब्यमा उक्त आयोजना सरकारले नै बनाउने भनिएको थियो। 

देशका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माणको कामसमेत अगाडी बढाइएको भन्दै नागढुङगा नौबिसे सडक खण्डको सुरुङमार्गको डिपिआर तयार भइसकेको उनले जानकारी गराए।  विपी राजमार्गको चियाबारी खुर्कोट खण्डमा सुरुङमार्ग बनाउने योजना अगाडी सारिएको खतिवडाको भनाइ छ।  

 

प्रकाशित: २० भाद्र २०७५ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App