१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वास्थय चाैकी १०–५ सम्म खोल्न निर्देशन, लटरपटर गरे कारवाही

विराटनगर– स्वास्थ्य मन्त्रालयका सचिव शैलेन्द्र उप्रेतीले १० देखि ५ बजेसम्म अनिवार्य रुपमा स्वास्थ्य चौकीहरू सञ्चालन गर्न  निर्देशन दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित पूर्वाञ्चल क्षेत्र स्तरीय वार्षीक समीक्षा गोष्ठीमा सचिव उप्रेतीले यस्तो निर्देशन दिएका हुन्।

पहिलेको जस्तो २ नबज्दै स्वास्थ्य चौकी बन्द गरेर हिँडेको कहिँबाट गुनासो आए तत्कालै कारवाही गरिने उप्रेतीले स्पष्ट पारे। उनले भने, ‘२ नबज्दै स्वास्थ्य संस्था बन्द गरेर हिँडेको उजुरी परे तत्कालै कारवाही हुन्छ।’ सरकारले नीति तथा कार्यक्रममार्फत अनिवार्य रुपमा सरकारी स्वास्थ्य संस्थाहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्नु पर्ने व्यवस्था गरेका कारण सोहीअनुसार काम गर्न मातहतका निकायहरूलाई उनको निर्देशन छ।  

स्वास्थ्यका कर्मचारीले काम लटरपटर गर्दा दिनहु“ पत्रपत्रिकामा सिटामोलसमेत पाइएन भन्ने समाचार  आइरहेको उनले बताए। हरेक वर्ष साउन १ गते नै जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधि खरिदको २० प्रतिशत रकम उपलब्ध गराए पनि प्रकृया पुरा गरेर समयमै औषधि खरिद नगर्दा केहि जिल्लामा औषधिको अभाव भएको उप्रेतिले बताए । उनका अनुसार केहि जिल्लामा  साउनमा पठाएको बजेटले चैतमा औषधि खरिद भएको र अर्को आर्थिक बर्षको साउन नलाग्दै औषधि सिद्धिने गरेको देएिको छ । यसरी निःशुल्क औषधिमासमेत कर्मचारीहरूले गडबड गरिरहेको उनले बताए।

निःशुल्क औषधि  निजी पसलमा पु¥याउनेकेहिलाई कार्वाहीसमेत गरेको उनको दाबी छ । औषधिमा गडवड गर्ने मध्यमाञ्चल स्वास्थ्य निर्देशनालयका केहि कर्मचारीलाई गिरफ्तारसमेत गरिएको उप्रेतिले जानकारी दिए । उनले कामनगरी  जागिर खानेहरू पनि कार्वाहीको निशानामा रहेको बताए ।  स“धै गडवड नचल्ने भएकाले  इमान्दारी पूर्वक तोकिएको जिम्मेवारी पुरा गर्नसमेत उनले कर्मचारीहरूलाई  निर्देशन दिएका छन् ।

औषधि अभाव हुने अर्को कारण क्षेत्रीय मेडिकल स्टोरहरूको लापरवाही पूर्ण व्यवहार पनि भएको मन्त्रालयको ठहर छ । क्षेत्रीय मेडिकल स्टोरहरूले काम नगर्दा औषधिको समस्या झेल्नु परिरहेको भन्दै उनले क्षेत्रीय मेडिकल स्टोरको कामबारे मन्त्रालयले छानविनसमेत थालेको बताए । क्षेत्रीय मेडिकल स्टोरहरूले औषधिको पुनर्बितरण नगर्दा कतै औषधि थुप्रने र कतै अभाव हुने समस्या देखिएको सचिव उप्रेतिको भनाई छ ।

प्रकाशित: ३१ भाद्र २०७३ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App