१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुण्डा नाइके लामा पक्राउ

काठमाडाैं- नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको छ। 

काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। 

पक्राउ परेका उनको स्वास्थ्य परीक्षण गरिएको र बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने उनले जानकारी दिए। 

प्रकाशित: १९ भाद्र २०७५ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App