१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनप्रतिनिधिको पद छोडेर शिक्षणतिर गरिमा

जाजरकोट – शिक्षण पेसामा लागेका मानिसहरु त्यो पद छोडेर  राजनीति, निजामति सेवा, व्यापार तथा विदेश यात्रामा लागेको त सवैले देखे सुनेकै हो तर जाजरकोटमा एक जनप्रतिनिधिले  राजनीति र जननिर्वाचित पद छोडेर शिक्षण पेसातिर लागेकी छिन्।

 डेढ वर्ष अघि भएको  स्थानीय तहको निर्वाचनमा  जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित छेडागाड नगरपालिका ७ पैरामकी गरिमा शाहीले  उक्त पद छोडेर एउटा विद्यालयको शिक्षक पदको नियुक्ति लिएर राजनीति र जनप्रतिनिधिको पद त्याग गरेकी हुन् । उनले भानुभक्त आधारभूत विद्यालयको  गणित विषयको शिक्षकको नियुक्ति लिएकी हुन्।

छेडागाड नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित शाही २०७४ साउन १८ गते सम्पन्न जिल्ला समन्वय समिति जाजरकोटको सदस्यमा तत्कालीन माओवादी केन्द्रको तर्फवाट निर्वाचित भएकी थिइन्।

‘पार्टी सदस्यता लिएको  तीन वर्ष भित्रै अवसर आयो र चुनाव लडे तर पछि सोचेको जस्तो भएन अनि  छोडेँ,’ उनले भनिन्, ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका जनप्रतिनिधिले तलव खाने, जिल्ला समन्वय समितिलाइ कुनै भूमिकै नदिने भयो त्यसभन्दा वालवालिकालाइ पढाउने काम नै ठूलो लागेर शिक्षक वनेकी हुँ।’स्नाकोत्तर तहमा अध्ययनरत शाहीको बुझाइमा राजनीति जागिर र व्यापार जस्तो हुन लागेको छ। 

 

प्रकाशित: १९ भाद्र २०७५ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App