१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा ढुंगा लागेर घाइते भएका दुई मध्ये एकको मृत्यु

बैतडी – पहिरोसँगै भीरबाट खसेको ढुंगा लागेर बैतडीमा एक युवकको मृत्यु भएको छ। मेलौली नगरपालिका–१ का २० वर्षीय आनन्दसिंह नेगीको उपचारको लागि लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक माथिबाट खसेको ढुंगा लागी बेहोस रहेका उनीको उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।

मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका  धनगढी लैजादै गर्दा स्याडी खोला  नजिक उनको मृत्यु भएको हो। मंगलबार बिहान साढे ९ बजे घरबाट काँडाबजार जाने बेला डेवराली भन्ने स्थानमा एक्कासि पहिरोसँगै खसेको ढुंगा टाउकोमा लागेको प्रहरीले जनाएको छ।  

ढुंगा लागेर सोही स्थानका ३५ वर्षीय देवेन्द्रसिंह नेगी घाइते भएको छन्। उनको मेलौलीमै उपचार भइरहेको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App