१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जनता बैंकद्वारा स्कुललाई कम्प्युटर

काठमडौं – जनता बैंक नेपालले सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिएको हो।

बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईंले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेमार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

देशभर बैंकको एक सय २२ शाखा, ४० शाखारहित बैंकिङ, दुई सीमित बैंकिङ एकाइ र दुई एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ भाद्र २०७५ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App