१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन र ताइबानको आधिँमा ८ को मृत्यु

बेइजिङ—चीन र ताइवानको दक्षिणीपूर्व क्षेत्रमा आएको शक्तिशाली आधीँमा परि ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।

मिरान्टि नामक उक्त शक्तिशाली आधीँका कारण ८ जना मारिएको र अन्य ३५ जना मानिस हराइरहेको चीनको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयले आधीँका कारण करिब ३३ करोड मानिस प्रभावित भएको र १६ हजार भवनहरु ध्वस्त भएको  जनाएको छ । उक्त आधीँका कारण बिजुलीको पोल ढलेका छन् भने हजारौँ सवारी साधनहरु सडकमा अलपत्र परेका छन् । यता ताइवानको दक्षिणी भागमा भने बाढी आएको बताइएको छ ।

चीनका अधिकारीहरुले उद्धारकार्य जारी रहेको बताएका छन्। तर चीनको मौसम विभागले भने बिहीबारसम्ममा मलाकास नामक अर्को शक्तिशाली आधीँ आउने चेतावनी  दिदैँ सर्वसाधरण सचेत रहन आग्रह गरेकाछन्।

 

प्रकाशित: ३१ भाद्र २०७३ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App