१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलको ‘रिचार्ज एन्ड विन’ अफर

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ग्राहकका लागि ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ। योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

यो अफर आइतबारदेखि लागू भई १० हप्तासम्म सञ्चालनमा रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको सुरुवात आइतबार हुने र समापन शनिबार हुने एनसेलले जनाएको छ।

योजनामा सप्ताहभर सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा छ।

ग्राहकले प्रत्येक सय रुपैयाँ बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन्। उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा दुई सय ५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएस मार्फत दुईवटा विशेष कोड प्राप्त गर्नेछन् । यस्तै, पाँच सय रिचार्ज गरेका छन् भने पाँचवटा कोड प्राप्त गर्नेछन्।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकको छनोट प्रत्यक्ष प्रसारणमा हुने लक्की ड्रमार्फत गरिने विज्ञप्तिमा छ।

प्रकाशित: १८ भाद्र २०७५ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App