१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बिमस्टेकबाट फर्कंदै गर्दा सिरीसेनाले भने : सार्कको भूमिका महत्वपूर्ण

सार्क सचिवालयमा वृक्षरोपण गर्दै राष्ट्रपति सिरीसेना। तस्बिर : सार्क सचिवालय

काठमाडौं – चौथो बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरे। बिमस्टेकमा सार्कमा प्रतिनिधित्व गर्ने देशहरु समेत भए पनि सचिवालय पुग्ने सिरीसेना मात्र हुन्। थाइल्यान्ड र म्यानमार बाहेकका भारत, भुटान, श्रीलंका, बंगालदेश र नेपाल सार्कका समेत सदस्य राष्ट्र हुन्। सार्ककै अर्को देश पाकिस्तान र माल्दिभ्स बिमस्टेकको सदस्य छैनन्।

सार्क सचिवालय पुगेका सिरीसेनाले क्षेत्रीय भातृत्वको लागि सार्कको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रसंशा गरेका थिए। राष्ट्रपति सिरीसेनाको स्वागतमा सार्क सचिवालय भित्र आयोजना गरिएको कार्यक्रममा उनले सार्क सचिवालयको कामबारे समेत चर्चा गरेका थिए।

१९ औं सार्क शिखर सम्मेलन हुन नसकिरहेको समयमा सार्कको महत्वपूर्ण देश श्रीलंकाका राष्ट्रपति सिरीसेना सचिवालय पुगेर सार्कको प्रशंसा समेत गरे। आइतबार बिहान सार्क सचिवालय पुगेका सिरीसेनालाई सार्कका महासचिव अमजाद हुसैन बी सियालले स्वागत गरेका थिए। २०१६ को नोभेम्बरमा पाकिस्तानमा सार्क सम्मेलन हुने भनिए पनि भारतले सहभागिता नजनाउने भएपछि सम्मेलन अन्यौलमा छ।

सिरीसेनालाई स्वागत गर्दै सार्कका महासचिव। तस्बिर : सार्क सचिवालय

सार्क सचिवालय पुगेका सिरीसेनाले क्षेत्रीय भातृत्वको लागि सार्कको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रसंशा गरेका थिए। राष्ट्रपति सिरीसेनाको स्वागतमा सार्क सचिवालय भित्र आयोजना गरिएको कार्यक्रममा उनले सार्क सचिवालयको कामबारे समेत चर्चा गरेका थिए। उनले क्षेत्रीय संगठनहरुको भूमिकाबारे समेत उक्त समारोहमा चर्चा गरेका थिए। उनले सार्कका गतिविधिलाई अघि बढाउन सचिवालयले महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा समेत गरेका थिए। सिरीसेनाले सचिवालय हातामा वृक्षरोपण समेत गरे। जो यस अघि सचिवालय भ्रमण गर्ने विशिष्ट व्यक्तिहरुले पनि गर्दै आएका थिए।

१८ औं शिखर सम्मेलनबाट नेपाल सार्कको अध्यक्ष राष्ट्रको रुपमा छ। १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने भनिए पनि हुन सकेको छैन। भारत र पाकिस्तानको आपसि विवादमा सार्क सम्मेलन अलमलिरहेको छ। २०७४ फागुन २१ गते पाकिस्तानका तत्कालिन प्रधानमन्त्री शाहीद खकाना अब्बासी समेत सार्क सम्मेलनको पहलको लागि नेपाल आएका थिए। केपी शर्मा ओलीको नयाँ सरकारलाई बधाई ज्ञापन गर्न नेपाल आएको उनले बताए पनि सार्क शिखर सम्मेलनको उदेश्य रहेको थियो। उनले प्रधानमन्त्री ओलीलाई सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा सार्कलई गतिशिल बनाउन आग्रह गरेक थिए। तर उनको भ्रमणले पनि सम्मेलनको चाँजो मिलाउन सकेन। अहिले पाकिस्तानमा इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन्।  

सार्कका महासचिव अमजाद हुसैन बी सियालले सिरीसेनालाई सार्कका गतिविधिबारे जानकारी मात्र गराएनन् सिरीसेनालाई जन्मदिनको शुभकामना समेत दिए। उनले आफ्नो भनाई राख्ने क्रममा सार्कको शिखर सम्मेलन समयमै हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए। लिखित भनाई राख्दै उनले भने, '१९ औं सार्क सम्मेलन छिट्टै हुन्छ भन्ने विश्वास लिएको छु।' उनले सार्कमा श्रीलंकाले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। श्रीलंकाले तीन पकट सार्कको अध्यक्षता गरेको छ। राष्ट्रपति सिरीसेना आज स्वदेश फर्केका छन्।

 

प्रकाशित: १७ भाद्र २०७५ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App