१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर

काठमाडाैं - निजी दुरसञ्चार प्रदायक कम्पनी एनसेलले ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ। नजिकिदै गरेका चाडपर्वहरुलाई  लक्षित गर्दै यो अफर ल्याईएको एनसेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

यस अफर अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक साता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यो अफर आइतबार अर्थात भदौ १७ देखि लागु भई १० हप्ता सम्म सञ्चालन हुनेछ। यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ।

योजना अन्तर्गत एक साताभित्र अर्थात हरेक साताको आइतबारदेखि शनिबार सम्म रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहक यो अफरमा समावेश हुनेछन्। ग्राहकले एक साता भित्र रु १०० बराबरको रिचार्ज गर्दा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन्। उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन्। रु ५०० रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन्।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिनेछ। चर्चित व्यक्तित्वहरुको उपस्थितीमा मंगलबार साँझ ७ बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ।

 

प्रकाशित: १७ भाद्र २०७५ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App