१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पोल्यान्डमा ‘लालाबाला’

काठमाडौं – बालबालिकाका लागि विशेष अभिनय तालिम दिने उद्देश्यले सुरु गरिएको ‘लालाबाला’का बाल कलाकारहरू पोल्याण्डमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुने भएका छन्।

नेपालको प्रतिनिधित्व गर्दै रंगकर्मी टंक चौलागाईंको नेतृत्वमा ‘लालाबाला’ का १० बालबालिकाहरूको टोली हाल ‘थिएटर ब्रामा’ को ‘द ह्युमन मोजाइक’ नामक अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिन पोल्यान्डको गोलोनियोमा छन्।

२४ देश सम्मिलित महोत्सवमा सहभागी हुनका लागि ‘हिरोज् डोन्ट कम’ नाटकका लेखक तथा निर्देशक प्रकाश सिन्धुलीय र महिला शिक्षकसहित अन्य १० जना गोलोनियोमा अभ्यासरत छन् । काठमाडौंस्थित प्रज्ञा कुञ्ज स्कुलसँगको सहकार्यमा स्कुल थिएटर नेपालले दुई हप्ते भ्रमणमा बालबालिकालाई नाट्य रंगमञ्चमा उतार्न लागेको हो।

विभिन्न नेपाली नाटकहरू तथा जात्रा, फिल्म ‘दुई रुपैयाँ’लगायतमा अभिनय गरिसकेका अरविन खड्कासँगै अभिनित चौलागाईं, प्रेक्षा कार्की, सार्थक श्रेष्ठ, सिजन बस्नेत, दीप्सना चौधरी, कश्यप ज्ञवाली, अद्वैत थापा, शिविका खड्का र उदिती मण्डल महोत्सवमा सहभागी हुँदैछन्।

‘नेपालको प्रतिनिधित्व गर्दै नाटक आइतबार  प्रदर्शन हुँदैछ, यो हामी सबैको लागि गौरवको विषय हो ,’  चौलागाईले भने । नाटक ‘हिरोज डोन्ट कम’ केही महिनाअघि थापागाउँस्थित कुञ्ज थिएटरमा नियमित मञ्चनसमेत गरिएको थियो । वास्तविक हिरोको खोजी गर्दै चलनचल्तीको ‘हिरो’ को परिभाषालाई परिमार्जन गर्न तर्फ लक्षित सो नाटक ‘थिएटर ब्रामा’ मा यही आइतबार दिउँसो मञ्चनपश्चात् टोली स्वदेश फर्किने जनाइएको छ।

प्रकाशित: १७ भाद्र २०७५ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App