१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुण्डा नाइके दावा लामा पक्राउ

फाइल फाेटाे

काठमाडौं – गुण्डा नाइके दावा लामा पक्राउ परेका छन्। लामालाई प्रहरीले दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ गरेको हो। लामा तरुण दल काभ्रेका जिल्ला अध्यक्ष हुन्। लामालाइ प्रहरीले अनलाइन सट्टेबाजी गरेको आरोपमा खोजि गरिरहेको थियो।

लामामाथि २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा चार राउण्ड गोली प्रहार भएको थियो। लामालाई प्रहरीले विभीन्न अभियोगमा पटक पटक पक्राउ गरि छोड्दै आएको छ।

यसैबीच नेपाल तरुण दलले लामा पक्राउ परेलगत्तै प्रेस विज्ञप्ती जारी गर्दै उनको विना सर्त रिहाईको माग गरेको छ। एक लोकतन्त्रवादी माथि अनायासै भएको धरपकडले आफुहरुको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०७५ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App