१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री पोखरेल लेवनान प्रस्थान

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन लेवनानतर्फ प्रस्थान गगरेका छन्। 

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण÷अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। 

उनले लेवनानमा शान्ति मिसनअन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनेछन्। भ्रमणका क्रममा समकक्षी याकुब रियाद एल सर्राफसहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

त्यसैगरी, लेवनानको दुईदिने भ्रमण पूरा गरी १९ गते पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्सपो’ मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्नेछन्। 

समकक्षी एन्टोनी मसिओएजको निमन्त्रणामा पोल्याड जान लागेका उपप्रधानमन्त्री पोखरेलले ‘एक्सपो’ सहभागी मुलुकका सेनाले प्रयोग गर्ने सैन्य सामग्रीलगायतको जानकारीसमेत लिनेछन्।  पोखरेल दुवै मुलुकको भ्रमण पूरा गरी भदौ २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ। 

प्रकाशित: १५ भाद्र २०७५ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App