coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विभिन्न प्रतिवद्धता जनाउदै सकियो बिमस्टेक (काठमाडाै घाेषणा पत्रसहित)

तस्बिरः दिपेश श्रेष्ठ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि खाडीको प्रयास(बिमस्टेक)को काठमाडौमा सम्पन्न चौथो सिखर सम्मेलनले अझै प्रभावकारी र बलियो बिमस्टेक बनाउनेबारे बिभिन्न प्रतिवद्दता जनाएको छ।

१८ बुदे काठमाडाै घोषणापत्र जारी गर्दै सम्पन्न बिमस्टेक शिखर सम्मेलनले सदस्य राष्ट्रबीच आपसी सम्पर्क र सहयोग विस्तारमा बिभिन्न योजना अघि सारेको परराष्ट्रमन्त्री युवराज ज्ञवालीले जानकारी गराए।

सदस्य राष्ट्रबीचको सम्पर्क विस्तारलाई मूख्य प्राथमिकता दिएको यो सम्मेलनले यसका लागि बृहद गुरु योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता जनाएको छ।

‘थाइल्याण्डको विशेष आग्रहमा एसियाली विकास बैंकले सडक, रेल, इन्टरनेट कनेक्टीभिटीको मास्टर प्लान बनाउँदै छ,’ ज्ञवालीले भने, ‘त्यही गुरु योजनालाई सबै देशका योजना आयोगले राष्ट्रिय योजनामा आबद्द गर्नेछन्।’

बिमस्टेकका निर्धारित क्षेत्र र त्यसको नेतृत्व गर्ने राष्ट्रले अझै प्रभावकारी जिम्मेबाररुपमा प्रस्तुत हुने सम्मेलनमा सहमति भएको छ।  निकट भविस्यमै रेल सडक विद्युत इन्टरनेटबाट कनेक्टीभिटी हुने छ। अब बन्ने बिमस्टेक स्थाई समितिले यसबारे थप निर्णय लिदै जाने ज्ञवालीले बताए। 

बिमस्टेकका कामलाई शशक्त बनाउन बिमस्टेक कोषको स्थापना गर्ने सहमति पनि सम्मेलनले गरेको छ। यस्तो कोषमा सदस्य राष्ट्रले स्वैच्छिक रुपमा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ।

चौथो सिखर सम्मेलनले जलवायु परिवर्तनका गम्भिर असरहरु यो क्षेत्रले भोगिरहेको भन्दै त्यसको न्युनीकरणका लागि साझा पहल गर्ने प्रतिवद्धता जनाएको छ। बढी जोखीम र क्षति भोगेका राष्ट्रले बिभिन्न सहुलियत पाउने जानकारी ज्ञवालीले गराए। क्षेत्रीय व्यापार सहजीकरणका लागि थप अध्ययन गर्ने तय सम्मेलनले गरेको छ।

भूपरिबेस्टित मुलुकलाई पनि विशेष सहुलियत दिने विषयमा कुरा भएको मन्त्री ज्ञवालीको भनाइ थियो। 
गरिबी निवारणका प्रयासलाई सार्थक बनाउन संयुक्त राष्ट्रसंघीय प्रयास भिजन २०३०सँग तादम्यता मिलाउने सहमति भएको छ।

हेर्नुहाेस काठमाडाै घाेषणा पत्र

 

प्रकाशित: १५ भाद्र २०७५ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App