१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बेलैमा सडक नबन्दा गोकर्ण लान सकिएन, होटल सोल्टीमै रिट्रिट

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई आज सरकारले रिट्रिट दिने भएको छ।

सरकारले सोल्टी होटलमा रिट्रिट दिने जनाइएकाे छ। बिमस्टेक सम्मेलनको पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार बिहान ८ः३० बजेदेखि १०ः१० बजेसम्मका लागि रिट्रिट कार्यक्रम तय भएको छ।

सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि रिट्रिटको आयोजना गरिन्छ। सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि रिट्रिट महत्वपूर्ण मानिन्छ।

सरकारले गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरेपनि चाबहिल–जोरपाटी–साँखु सडकको अवस्था सुधार नभएका कारण सोल्टीमै रिट्रिट दिन लागेको हो।

प्रकाशित: १५ भाद्र २०७५ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App