१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बजार अनुगमन जारी

तेह्रथुम – जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीब्रता दिएको छ। सडक अभावका कारण गाउँ गाउँमा अखाध्य बस्तुको बिक्री भएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो। 

बजार अनुगमनका क्रममा आठराई र छथरमा अखाध्य बस्तुहरू समेत बिक्री वितरण भइरहेको बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिलला अधिकारी उमेश घिमिरेले बताए। उनका अनुसार यसै हप्ता आठराई गाउँपालिकाको संक्रान्ती बजारमा अनुगमन गर्दा अधिकांश पसलहरू दर्ता नगरी संचालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार गरेको अनुगमनका क्रममा बजारका अधिकांश किराना र खुद्रा पसल तथा होटल दर्ता नै नगरी संचालन गरेको पाइएकाले दर्ता गर्नका लागि निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक घिमिरेले बताए।

अनुगमन टोलीले बजारका ३० वटा पसलको अनुगमन गर्दा विना दर्ता, मुल्यसूची र बोर्ड समेत नराखी संचालन गरिएको पाइएको हो। अनुगमनका क्रममा भेटिएका म्याद नाघेका ९ हजार मुल्य बराबरका सामाग्रीहरू जफत गरी नष्ट गरिएको छ। अनुगमन टोलीले बजारमा पेय पदार्थ टुवोर्ग बियर, ड्यु, पेप्सी, फेन्टा, स्प्राइट, लगायतका अखाद्य पदार्थ पसल अगाडि सडकमै नष्ट गरेको छ। मटर प्याकेट, कुरमुेर, मिट मसला, चाउचाउ लगायत म्याद नाघेका बस्तु फेला परेको अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालयका खरिदार रवी रेग्मीले बताए।

यस्तै छथर गाउँपालिकाको सुक्रबारेमा समेत अनुगमनका क्रममा पसल दर्ताविना संचालन गरेको पाइएकोले यथाशिघ्र दर्ता गरी कानुनी रुपमा मान्यता प्राप्त बनाउन, मुल्यसूची राख्न, म्याद नाघेका सामाग्रीहरू बिक्री नगर्न, बिल दिएर मात्रै कारोबार गर्न, होडिङ बोर्ड राख्न सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। 

उनका अनुसार सदरमुकाम म्याङलुङ लगायत जिरिखिम्ती बजार, लसुने बजार र बसन्तपुर बजार मात्र हैन मोराहाङ बजार र पोक्लाबाङ बजारमा समेत सडककै कारण बजारमा अखाद्य बस्तु ब्रिकी विरतण गरिरहेको पाइएकोले पहिलो चरणमा नियम अनुसार ब्यवसाय सञ्चालन गर्न निर्देशन दिएको घिमिरेले जानकारी दिए। जिल्लाका बिभिन्न बजारमा वर्षाको समयमा सडक अवरुद्ध हुँदा अखाद्य बस्तुहरू ब्रिकी वितरण हुने गरेको श्रोतले जनाएको छ। 

प्रकाशित: १४ भाद्र २०७५ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App