१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैंकिङ कसुरका अभियुक्तहरु पक्राउ

काठमाडाैं - सिटिजन्स बैंकमा राखेको धितो वापतको सुन गायव गर्नेलाई पक्राउ गरिएको छ। सुन ऋणीहरुसँगको मिलेमतोमा बैंकको न्यूरोड शाखामा कार्यरत सिनीयर गोल्ड टेस्टर तथा जुनीयर गोल्ड टेस्टरहरुले धितो वापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुन समेत आफुसँगै राखी बैंकलाई २ करोड २८ लाख बढी नोक्सानी पुर्याउने ५ जनालाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उपत्यकाका विभीन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला घर भई काठमाडौं २५ बांङेमुढा बस्ने २६ बर्षीय सिनीयर गोल्ड टेस्टर सामिन शाक्य, भक्तपुर १७ इतोछे बस्ने जुनीयर गोल्ड टेस्टर २८ बर्षीय विन्देश शाक्य, भक्तपुर १ इटापा बस्ने प्राइम कमर्शियल बैंक, गोल्ड अडीट डिपार्टमेन्ट, कमल पोखरीमा कार्यरत ३३ वर्षीय अमितराज बज्राचार्य रहेका छन्। यस्तै मोरङ जिल्ला घर भई हाल काठमाडौं ३३ पुरानो बानेश्वर बस्ने बैंकका ऋणी ४५ बर्षीय लभ बराइली र संखुवासभा घर भई काठमाडौंको निलोपुल बस्ने उमेश राज बराइली समेत पक्राउ परेका छन्। 

उनीहरुलाई सिटिजन्स बैंकको सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित: १३ भाद्र २०७५ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App