१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुड्दै गरेको मोटरसाइकल पसलभित्र छिरेपछि...

खोटाङ– अनियन्त्रित भएर घरभित्र छिरेको मोटरसाइकलको ठक्करबाट खोटाङमा दुई जना घाइते भएका छन्। सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको बाइक अनियन्त्रित भएर पसल घरभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाइते भएका हुन्। 

बच्चालाई बोर्डिङ लैजाने क्रममा बुधबार बिहान हाटडाँडा तर्फबाट त्रिबेणीचोक तर्फ जाँदै गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका शंकर कट्वालले चलाएको बाइक अनियन्त्रित हुँदा राईको पसलको ढोका फोड्दै घरभित्र पसेको प्रहरीले जनाएको छ। घाइते दुबैलाई उपचारका लागि काठमाडौं पठाइएको आफन्तले बताएका छन्। 

मोटरसाइकलले उनीहरुको खुट्टामा ठक्कर दिनुका साथै किचेको थियो। अनियन्त्रित मोटरसाइकल सडकमा जथाभाबी गुड्न थाल्दा होहल्ला मच्चिएपछि पसलबाट हेर्न निस्किएलगत्तै आएर ठक्कर दिएको घाइते राईले बताए। ‘मान्छे अत्तालिएर कराएको सुनेँ, बाहिर निस्कँदा एउटा ह्याण्डिलमा बच्चा झुण्डिएको देखेँ’, राईले भने, ‘ब्रेक हान्न लगाउँदै थिएँ। सिधै हामीतिर बाइक आयो। भाग्दा भाग्दै पसलभित्रै छिरेर ठक्कर दियो।’ 

मोटरसाइकलमा सवार बच्चा पनि सामान्य घाइते भएका छन्। चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज यादवले बताए। अनियन्त्रित मोटरसाइकलले अन्य सवारीमा समेत क्षति पुर्याएको छ। 

प्रकाशित: १३ भाद्र २०७५ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App