१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रकमा राखिएको मार्बलले किच्दा एक गम्भीर घाइते

खोटाङ– ट्रकमा ल्याइएको मार्बलले किच्दा खोटाङमा एक गम्भीर घाइते भएका छन्। तराईबाट ल्याइएको मार्बल अनलोड गर्ने क्रममा ढलेको मार्बलले किच्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रुद्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका हुन्।

आफ्नै आरसिसी घर निर्माणका लागि आवश्यक मार्बल झार्ने क्रममा मार्बलको पाता ढल्दा श्रेष्ठको कम्मरमुनिको भाग किचेको स्थानीय एबं उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए। 

ट्रकमा ठाडो पारेर राखिएको मार्बल ढलेर किच्दा श्रेष्ठको कम्मरमुनीको भागमा गम्भीर चोट लागेको आफन्तले बताएका छन्। श्रेष्ठलाई उपचारका लागि चार्टर गरिएको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। 

प्रकाशित: १३ भाद्र २०७५ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App