१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी बुढाथोकीलाई सारा शेर्पा पत्रकारिता पुरस्कार

काठमाडौं- शेर्पा पत्रकार संघ नेपालले तेस्रो बार्षिक साधरणसभाको अवसरमा विभिन्न पुरस्कारबाट तीन पत्रकारलाई पुरस्कृत गरेको छ।

संघले वार्षिक रुपमा प्रदान गर्दै आएको सारा शेर्पा पत्रकारिता पुरस्कार, स्काई मेमोरिय पत्रकारिता पुरस्कार र प्रथम शेर्पा लेखिका लाक्पा फूटी पर्यटन पत्रकारिता पुरस्करबाट तीन पत्रकारलाई पुरस्कृत गरेको हो।

२०६८ भदौ ८ गते मकवानपुरमा भएको अग्नी एअरको जहाज दुघर्टनामा परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको ‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ बाट नागरिक दैनिकका खिलक बुढाथोकी, स्काई मेमोरियल पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिककी सोनाम याङजी शेर्पालाई पुरस्कृत गरेको हो। दुबै पुरस्कारको राशी १० हजार रहेको छ।

त्यसैगरी प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटु शेर्पा पुरस्कृत भएका छन्। पुरस्कारको राशी ५५ सय रहेको छ।

उनीहरूलाई सांसद यज्ञराज सुनुवारले एक कार्यक्रमबीच पुरस्कृत गरे। २०६८ भदौ ८ गते मकवानपुरको शिखरपुरमा माभएको अग्नी एअरको जहाज दुघर्टना हुँदा एअर होस्टेज सारा सहित १४ जनाको मृत्यु भएको थियो।

सोही दुर्घटनामा मृत्यु हुने सारा शेर्पा, जापानी नागरिक केन्द्र र अमेरिकन नागरिक युकीको सम्झनामा स्काई मेमोरियल फाउन्डेसन सञ्चालन गरिएको छ। उक्त फाउन्डेसनले मकवानपुरको फापरबारी, शिखरपुर, मन्थली लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको काम गर्दै आएको फाउन्डेसनका अध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए। त्यसैगरी फाउन्डेसनले काठमाडौंमा पनि अंपागको क्षेत्रमा काम गर्दै आएको छ।

प्रकाशित: १३ भाद्र २०७५ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App