१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं– सिन्धुली र धनकुटामा भएको छुटाछुटै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दुर्घटनामा सिन्धुलीमा २ जना र धनकुटामा १ जनाको मृत्यु भएको हो।  

सिन्धुली कमलामाई नगरपालिका १ चनौटेस्थित सडकमा बा.१ क.३२०५ नम्बरको जेसिबी बुधबार सडकबाट अंदाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक धनुषा मिथिला नगरपालिका लालगढ बस्ने ३० वर्षीय सन्तोष रिजाल, सिन्धुली तिनपाटन गाउँपालिका ५ बस्ने २५ वर्षीय कमल बोगटी र २४ वर्षीय गणेश थापा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा सन्तोष र कमल बोगटीको बाटोमै मृत्यु भएको हो। 

यसैगरी धनकुटा सागुरीगढी गाउँपालिका ६ स्थित सडकमा को.१ ख.३५८३ नम्बरको बस बुधबार अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३५ जना मध्ये १७ जना घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा सुनसरी बराह नगरपालिका ९ प्रकाशपुर बस्ने ४८ वर्षीय राजेन्द्र चन्द्रबंशीको मृत्यु भएको हो। फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ। 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १३ भाद्र २०७५ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App