भागबन्डामै चल्छ त्रिवि

शुक्रबार, ३१ भदौ २०७३, ०६ : २७ रुबी रौनियार

काठमाडौं- 'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडिउपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा हुन थाल्यो। यसले विश्वविद्यालयको स्तर खस्कियो।'

लोकतन्त्र स्थापनापछि विश्वविद्यालयको शैक्षिक स्तर खस्कन थालेको भन्दै विश्वविद्यालयमा भइरहेको नियुक्ति भागबन्डाप्रतिउनले असन्तुष्टि जनाउँदै आएकाछन्। 'त्यही भएर हामी कर्मचारीलाईनै बरु खाल्टोमा हाल्दा भइहाल्यो नि भनेर मैले उपकुलपतिलाई भनिदिएँ,'अर्यालले नागरिकसँग भने।

विश्वविद्यालयका चार संकाय र पाँच अध्ययनसंस्थान छन्। शिक्षाशास्त्र संकाय र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनसाउनदेखि नै खालीछ।यसैगरी असोज २ गते वनविज्ञान अध्ययन संस्थान,व्यवस्थापन र मानविकी संकायको डिन खाली हुँदै छ। भागबन्डा नमिलेकै कारण डिन नियुक्ति हुन नसकेको अर्याल बताउँछन्। विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा भने रामप्रसाद खतिवडा नियुक्त भइसकेका छन्।

यसैगरी विश्वविद्यालयको चार अनुसन्धानकेन्द्रमा समेत भागबन्डा नमिलेर कार्यकारी निर्देशक नियुक्त हुन सकेका छैनन्। कांग्रेस,एमाले र माओवादीनिकट प्रध्यापक आ–आफ्नोभाग मिलाउन उपकुलपतिलाई दबाब दिइरहेका छन्। नियुक्ति भागबन्डाबारे छलफल गर्न सोमबारएमालेनिकट नेपाल प्रगतिशील प्रध्यापक संगठनको बैठकनै बसेकोथियो। 'विगतमा हाम्रो दलको भागमा उपकुलपति हुने गरेको थियो,'संगठनका अध्यक्ष यादव लामिछानेले  भने,'त्यही भएर इन्जिनियरिङ अध्ययन संस्थान र शिक्षा संकायको डिन हाम्रो भागमा परेको थियो। तर, यसपालि उपकुलपति नेपाली कांग्रेसको भागमा परेको छ।त्यही भएर हामीले चारवटा डिन माग गरेका छौँ।'

दुईवटा डिनमा चित्त बुझाउँदै आएको एमाओवादीनिकट नेपाल राष्ट्रिय प्रध्यापक संगठनले पनि यस वर्ष तीन वटा डिन मागेको छ। स्रोतका अनुसार संगठनका महासचिव पूर्ण लामिछानेले एक डिन थप्नेबारे उपकुलपतिसँग छलफल गरिरहेका छन्।'विगतमा माओवादीलाई विज्ञान तथा प्रविधि र व्यवस्थापन दिँदै आएकोमा अहिले एक थप्ने छलफल भइरहेको छ,'महासचिव लामिछानेले नागरिकसँग भने, 'माओवादीले वनविज्ञानको डिन पद माग गरेको छ तर कांग्रेसको वर्चस्वरहेकालेउनीहरूले छाड्न मानेका छैनन्।'

त्रिविका चार अनुसन्धान केन्द्रमा समेत कार्यकारी निर्देशक असोजमा खाली हुँदै छ। भागबन्डा नमिलेकै कारण नियुक्ति गर्न नसकिएको योजना महाशाखाप्रमुख ऋदिशकुमार पोखरेल बताउँछन्। 'यसपालि त्रिविले राजनीति भागबन्डा अन्त्य गर्न मापदण्ड बनाएर नियुक्ति गर्ने तयारी गरेको छ,'प्रमुख पोखरेलले नागरिकसँग भने, 'तर त्रिविमा जरा गाडेर बसेको भागबन्डामा नियुक्ति हुने परम्पराले काम गर्न मुस्किल पर्ने मैले देख्छु।'

कानुन संकायका डिन तारा सापकोटाले कुनै पनि विश्वविद्यालयमा राजनीतिक भागबन्डाले प्राज्ञिक मर्यादा कायम गर्न चुनौती थपिने जनाए। उनले राजनीतिक भागबन्डाभन्दा पनिविश्वविद्यालयका विभिन्न निकायमा नियुक्त हुने अधिकारीको आ–आफ्ना संस्थालाई कस्तो बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यलाई आधार बनाएर नियुक्ति गर्ने परिपाटी थालनी गर्नुपर्ने सुझाए।'राजनीतिक भागबन्डामा नियुक्त पदाधिकारी विश्वविद्यालयभन्दा पनि दलप्रति बढी बफादार हुन्छन्,'डिन सापकोटाले नागरिकसँग भने,'यसलेप्राज्ञिक मर्यादा कायम गर्न ठूलो चुनौती थपिँदै छ।'








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad