१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जेसीबी दुर्घटना हुँदा २ को मृत्यु १ घाइते

सिन्धुली - जेसीबी दुर्घटना हुँदा सिन्धुलीमा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। कमलामाई नगरपालिका १ डाडीगुरासे स्थित चनौटे भन्ने ठाँउमा सडक निर्माण गर्ने क्रममा गुड्दै गरेको बा २ क  ३२०५ नम्बरको जेसीबी पल्टिदाँ जेसीबी चालक, धनुषा जिल्ला मिथिला नगरपालिका १० का ३० बर्षीय सन्तोष रिजाल र जेसीबीमै रहेका सिन्धुली जिल्ला तीनपाटन गाँउपालिका ५ का २५ बर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए। यस्तै जेसीबी भित्रै रहेका तीनपाटन गाँउपालिका वडा नं. ५ कै २४ बर्षीय गणेश थापा (क्षेत्री)  गम्भिर घाइते भएका प्रहरीले जनाएको छ। 

 

प्रकाशित: १३ भाद्र २०७५ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App