२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिप दुर्घटनामा ९ जना घाइते, दुईको अवस्था गम्भीर

अमरगढी नगरपालिका २ स्थित ठुलाखोलामा दुर्घटनामा परेको जिप । तस्बिरः पुष्कर/नागरिक

डडेल्धुरा – डडेल्धुरा–भागेश्वर जोड्ने सडक खण्डको अमरगढी २ आइतबजार नकिकै ठूलाखोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ।

भागेश्वर गाउँपालिकाको बगरकोटबाट डडेल्धुरा सदरमुकाम आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटनामा परेको हो। घाइतेमध्ये ७ जना सामान्य उपचारपछि घर फर्केको बताइएको छ। गम्भीर घाइते दुई जना अजयमेरु गाउपालिका ५ का ३५ वर्षीया हिरा खड्का र गन्यापधुरा गाउँपालिका ३ का ४० वर्षीय देवी कठायतलाई थप उपचारका लागि कैलाली पठाइएको छ। जिप चालक कृष्ण प्रसाद भट्टराईलाई प्रहरीले नियन्त्रमा लिएको छ। 

१४ जना यात्रु सवार जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले बताए। दुर्घटनामा परेकालाई प्रहरीले उद्धार गरी उप–क्षेत्रीय अस्पताल पुर्याएको थियो। गुँरास यातायात समितिद्धारा संचालीत जिप क्षमता भन्दा बढी यात्रु र वर्षाले सडक चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

 

प्रकाशित: १२ भाद्र २०७५ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App